युक्रेन र रुसले एकअर्कालाई लगाए ‘इस्टर युद्धविराम’ उल्लङ्घन गरेको आरोप

काठमाडौं । युक्रेन र रुसले एकअर्कालाई ३० घण्टा लामो “इस्टर युद्धविराम” उल्लङ्घन गरेको आरोप लगाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युद्धविरामको घोषणा गरेका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबारदेखि रुसले लगभग ३,००० पटक युद्धविराम उल्लङ्घन गरेको बताएका छन् । यसैबीच रुसी रक्षा मन्त्रालयले युक्रेनले गरेको आक्रमणलाई रोकेको बताएको छ । यसबाहेक रुसले […]

Apr 21, 2025 - 06:30
 0
युक्रेन र रुसले एकअर्कालाई लगाए ‘इस्टर युद्धविराम’ उल्लङ्घन गरेको आरोप

काठमाडौं । युक्रेन र रुसले एकअर्कालाई ३० घण्टा लामो “इस्टर युद्धविराम” उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युद्धविरामको घोषणा गरेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबारदेखि रुसले लगभग ३,००० पटक युद्धविराम उल्लङ्घन गरेको बताएका छन् ।

यसैबीच रुसी रक्षा मन्त्रालयले युक्रेनले गरेको आक्रमणलाई रोकेको बताएको छ । यसबाहेक रुसले युक्रेनमाथि सयौं ड्रोन र गोलाबारी प्रहार गरेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । उनले भने, “आशा छ कि रूस र युक्रेन यसै हप्ता सम्झौतामा पुग्नेछन् ।” तर, उनले यससँग सम्बन्धित थप जानकारी दिएनन् ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा ठूलो आक्रमण गरेको थियो र अहिले उसले युक्रेनको लगभग २० प्रतिशत भाग कब्जा गरिसकेको छ । यसमा सन् २०१४ मा रूसले गाभेको क्रिमिया पनि समावेश छ ।

सन् २०२२ देखि यस युद्धमा लाखौं मानिसहरू मारिएका वा घाइते भएका छन्, जसमा धेरैजसो सैनिकहरू छन् ।

गत महिना अमेरिका र युक्रेनले प्रस्ताव गरेको बिना शर्त युद्धविरामको प्रतिक्रियामा रुसले आफ्नै सर्तहरूको लामो सूची जारी गर्‍यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register