बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा ४ महिने शिशुको ज्यान गयो

नवलपरासी, ९ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको ज्यान गएको छ । स्थानीय दीपेन्द्र परियार र उहाँकी श्रीमती कमला परियारले गएराति जाँड–रक्सी खाएर चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिनुभयो [...] The post बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा ४ महिने शिशुको ज्यान गयो appeared first on Jhapa Online.

Apr 22, 2025 - 09:24
 0
बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा ४ महिने शिशुको ज्यान गयो

नवलपरासी, ९ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको ज्यान गएको छ ।

स्थानीय दीपेन्द्र परियार र उहाँकी श्रीमती कमला परियारले गएराति जाँड–रक्सी खाएर चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिनुभयो ।

जाँड–रक्सी खाएका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयवासीले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा ज्यान गएको डीएसपी नेपालले बताउनुभयो ।

शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

The post बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा ४ महिने शिशुको ज्यान गयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register