९ महिनामा काम खोज्दै ६ लाख युवा विदेशिए, युएई जानेको संख्या सबैभन्दा धेरै !

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ह्वात्तै बढेको छ ।  चालु आर्थिक वर्षको ९ महिनामा काम खोज्दै ६ लाख बढी नेपाली विदेश गएका हुन् । साउनदेखि चैतसम्म ६ लाख ७ हजार ८ सय ७४ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।  त्यस्तै, चैतमा मात्रै ७३ हजार ४ […]

Apr 22, 2025 - 09:23
 0
९ महिनामा काम खोज्दै ६ लाख युवा विदेशिए, युएई जानेको संख्या सबैभन्दा धेरै !

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ह्वात्तै बढेको छ ।  चालु आर्थिक वर्षको ९ महिनामा काम खोज्दै ६ लाख बढी नेपाली विदेश गएका हुन् ।

साउनदेखि चैतसम्म ६ लाख ७ हजार ८ सय ७४ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।  त्यस्तै, चैतमा मात्रै ७३ हजार ४ सय ३ जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार यस वर्ष काम खोज्दै सबैभन्दा धेरै नेपाली युएई गएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा यूएई जाने नेपालीको संख्या १ लाख ९६ हजार ९ सय २१ रहेको छ भने चैत्रमा मात्रै २३ हजार ६ सय ७१ जना नेपाली यूएई गएका छन् ।

यूएईसँगै साउदी अरब, कतार, मलेसिया र  कुवेत जानेको संख्या पनि धेरै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register