आज महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

झापा, १४ फागुन । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ । फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेल जित्दै उपाधि खडेरी अन्त्य गर्न चाहन्छ । नेपालले समग्रमा १३औँ पटक फाइनल खेल्दै छ । १२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा [...] The post आज महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र म्यानमार भिड्दै appeared first on Jhapa Online.

Feb 26, 2025 - 01:19
 0
आज महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

झापा, १४ फागुन । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ ।

फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेल जित्दै उपाधि खडेरी अन्त्य गर्न चाहन्छ । नेपालले समग्रमा १३औँ पटक फाइनल खेल्दै छ । १२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ ।

नेपाली महिला टिम ‘साफ महिला च्याम्पियनसिप’मा चारपटक भारत र दुईपटक बंगलादेशसँग तथा दक्षिण एसियाली खेलकुद ९साग०मा तीनपटक भारतसँग फाइनलमा पराजित भएको छ ।

गत ५ फागुनदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनान प्रतिस्पर्धामा थिए । जसमा नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । लिग चरणमा भएका तीन–तीन खेलमा दुई–दुई खेल जित्दै र एक बराबरी खेल्दै समान ७ अंक जोडेर दुुवै टोली फाइनलमा पुगेका हुन् । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनलमा स्थान बनाए ।

The post आज महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र म्यानमार भिड्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register