बिर्तामोडको सुधार केन्द्रमा महिलाको मृत्यु

झापा, ९ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ स्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रमा एक जना महिलाको मृत्यु भएको छ । बिर्तामोड–५ किरातचौक उक्त सुधार केन्द्रमा इलाम नगरपालिका–४ बरबोटेकी ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको हो । विगत ३ महिनादेखि सुधारका लागि बस्दै आएकी उनी सोमबार राति १०ः१५ बजेको ट्वाइलेट जाने क्रममा लडी बेहोस भई [...] The post बिर्तामोडको सुधार केन्द्रमा महिलाको मृत्यु appeared first on Jhapa Online.

Apr 22, 2025 - 14:30
 0
बिर्तामोडको सुधार केन्द्रमा महिलाको मृत्यु

झापा, ९ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ स्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रमा एक जना महिलाको मृत्यु भएको छ ।

बिर्तामोड–५ किरातचौक उक्त सुधार केन्द्रमा इलाम नगरपालिका–४ बरबोटेकी ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको हो । विगत ३ महिनादेखि सुधारका लागि बस्दै आएकी उनी सोमबार राति १०ः१५ बजेको ट्वाइलेट जाने क्रममा लडी बेहोस भई सुधार केन्द्रको संस्थापक तिलरुपा कटुवालले उपचारको लागि मनमोहन अस्पताल लगेको र थप उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post बिर्तामोडको सुधार केन्द्रमा महिलाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register