ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच ऊर्जा सहकार्यमा छलफल, सम्झौतामा हस्ताक्षर

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका माननीय ऊर्जा तथा आवास मामिला मन्त्री  मनोहर लालबीच मङ्गलबार ऊर्जा सहकार्यका विषयमा फलदायी वार्ता भएको छ। उनीहरूले दुई देशबीचको ऊर्जा क्षेत्रको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको नेपालस्थीत भारतीय राजदूतावासले एक्समार्फत जानकारी दिएको छ। वार्तामा जलविद्युत परियोजनाहरूको विकास, नयाँ प्रसारण लाइनहरूको निर्माण र […]

Apr 22, 2025 - 17:05
 0
ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच ऊर्जा सहकार्यमा छलफल, सम्झौतामा हस्ताक्षर

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका माननीय ऊर्जा तथा आवास मामिला मन्त्री  मनोहर लालबीच मङ्गलबार ऊर्जा सहकार्यका विषयमा फलदायी वार्ता भएको छ।

उनीहरूले दुई देशबीचको ऊर्जा क्षेत्रको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको नेपालस्थीत भारतीय राजदूतावासले एक्समार्फत जानकारी दिएको छ। वार्तामा जलविद्युत परियोजनाहरूको विकास, नयाँ प्रसारण लाइनहरूको निर्माण र दुई देशबीच विद्युत व्यापार विस्तार गर्ने लगायतका विषयमा गहन छलफल भएको  दुतावासले जनाएको  छ।

यसैबीच, भारतको पावरग्रिड कर्पोरेशन अफ इन्डिया (पावरग्रिड) र नेपाल विद्युत प्राधिकरण (नेविप्रा) बीच दुई वटा ४०० केभी क्षमताका प्रसारण लाइन कोरिडोर निर्माण सम्बन्धी महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।

दुवै मन्त्रीहरूको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दूतावासका अनुसार  यस सम्झौताले दुई देशबीचको विद्युत आदानप्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register