भीम रावल एमालेबाट निस्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी खोसियो
काठमाडौं – नेकपा एमालेले पार्टी कार्यालय निर्माणसम्बन्धी विवादका कारण नेता भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति जनाएपछि उनलाई कारबाही गरिएको हो । पार्टीले यसअघि रावललाई स्पष्टीकरण सोधेको थियो । तर, उनको जवाफ चित्त नबुझ्दै महासचिव प्रदीप ज्ञवालीले बुधबारको सचिवालय बैठकपछि रावललाई संगठन सदस्यबाट […]

काठमाडौं – नेकपा एमालेले पार्टी कार्यालय निर्माणसम्बन्धी विवादका कारण नेता भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति जनाएपछि उनलाई कारबाही गरिएको हो ।
पार्टीले यसअघि रावललाई स्पष्टीकरण सोधेको थियो । तर, उनको जवाफ चित्त नबुझ्दै महासचिव प्रदीप ज्ञवालीले बुधबारको सचिवालय बैठकपछि रावललाई संगठन सदस्यबाट हटाउने निर्णय भएको जानकारी दिए ।
सोही बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पनि जिम्मेवारीबाट ६ महिनाका लागि मुक्त गर्ने निर्णय गरेको छ । उनीहरूले पार्टी कार्यालय निर्माणका विषयमा असहमति जनाउँदै आएका थिए ।
What's Your Reaction?






