ठगी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौँ। प्रहरीले ठगी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २७ वर्षीय ईश्वर लुइँटेल रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मङ्गलबार पक्राउ गरेको हो। हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा.लिकाका सञ्चालक समेत रहेका […]

Apr 22, 2025 - 18:07
 0
ठगी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौँ।

प्रहरीले ठगी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २७ वर्षीय ईश्वर लुइँटेल रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मङ्गलबार पक्राउ गरेको हो।

हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा.लिकाका सञ्चालक समेत रहेका उनीमाथि ठगी सम्बन्धी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।

उनका अनुसार लुइँटेलले भारत, मलेसिया, सिङ्गापुर र दुबईमा भ्रमण गर्न प्रति व्यक्तिसंग दुई लाख ७० हजार लाग्छ भनी चार जनाबाट जनही .दुई लाख ७० हजारका दरले दश लाख ८० हजार रकम लिई नेपालबाट भारत, मलेसिया, सिङ्गापुर हुँदै दुबई पुर्‍याई खाना, बस्न समेतको पैसा नतिरी सम्पर्क बिहिन भएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register