शिक्षकहरुको सुझबुझः गाडीका लागि आधा बाटो छोडे, आधा बाटोमा आन्दोलन जारी (तस्विरहरु)

काठमाडौँ । पछिल्लो २२ दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षकहरुले सवारी साधनका लागि आधा बाटो छोडिदिएका छन् । आन्दोलनकै कारण आवतजावतमा साह्रै सास्ती हुन थालेपछी शिक्षकहरले आन्दोलनको २२औँ दिनदेखि आधा बाटो सवारी साधनका लागि खाली गरिदिएका हुन् ।  यसअघिसम्म बानेश्वरदेखि बिजुली बजार क्षेत्रसम्मको तीनवटै लेन कब्जा गरेर आन्दोलन गरिरहेका शिक्षकहरुले आजदेखि एक लेन खाली गरिदिएका छन् ।  […]

Apr 23, 2025 - 10:44
 0
शिक्षकहरुको सुझबुझः गाडीका लागि आधा बाटो छोडे, आधा बाटोमा आन्दोलन जारी (तस्विरहरु)

काठमाडौँ । पछिल्लो २२ दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षकहरुले सवारी साधनका लागि आधा बाटो छोडिदिएका छन् । आन्दोलनकै कारण आवतजावतमा साह्रै सास्ती हुन थालेपछी शिक्षकहरले आन्दोलनको २२औँ दिनदेखि आधा बाटो सवारी साधनका लागि खाली गरिदिएका हुन् । 

यसअघिसम्म बानेश्वरदेखि बिजुली बजार क्षेत्रसम्मको तीनवटै लेन कब्जा गरेर आन्दोलन गरिरहेका शिक्षकहरुले आजदेखि एक लेन खाली गरिदिएका छन् । 

आन्दोलनका कारण बाटो पूर्ण रुपमा जाम हुँदा सवारी आवागमनमा साह्रै कठिनाइ भएको थियो । अफिस जानेहरु समयमा अफिस पुग्न सकिरहेका थिएनन् भने अस्तव्यस्त ट्राफिक व्यवस्थापनका कारण नागरिकको दैनिकी असहज बनेको थियो । तर, तीनमध्ये शिक्षकहरुले एक लेन सवारीसाधनका लागि छोडेपछि नागरिकहरुले राहत महसुस गरेका छन् । 

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागहरु राख्दै २२ दिनदेखि आन्दोलनरत शिक्षकहरु माग पूरा नहुन्जेल घर नफर्किने अडानमा छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register