भूकम्पबाट सात जिल्ला प्रभावित, एउटा घर पूर्ण रुपमा भत्किँदा ३ घरमा आंशिक क्षति, कहाँ के-के भयो ? 

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान गएको भूकम्पबाट सात जिल्ला प्रभावित भएको छ । भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, दोलखा र काठमाडौँ, संखुवासभा, म्याग्दी र धादिङ प्रभावित भएको प्रहरीले जनाएको छ ।  भूकम्पका कारण हालसम्म एउटा घर पूर्ण रुपमा क्षति भएको र तीन घरमा आंशिक रुपमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  प्रहरी […]

Feb 28, 2025 - 11:25
 0
भूकम्पबाट सात जिल्ला प्रभावित, एउटा घर पूर्ण रुपमा भत्किँदा ३ घरमा आंशिक क्षति, कहाँ के-के भयो ? 

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान गएको भूकम्पबाट सात जिल्ला प्रभावित भएको छ । भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, दोलखा र काठमाडौँ, संखुवासभा, म्याग्दी र धादिङ प्रभावित भएको प्रहरीले जनाएको छ । 

भूकम्पका कारण हालसम्म एउटा घर पूर्ण रुपमा क्षति भएको र तीन घरमा आंशिक रुपमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार एउटा गोठ र प्रहरी कार्यालयमा पनि आंशिक क्षति भएको छ । भूकम्पकै कारण तीन परिवार विस्थापित भएको छ । भूकम्पमा परेर हालसम्म ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ । भोटेकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register