पहलगाम हमलापछि भारतको कडा कदम: सिन्धु जल सन्धि रोकियो, पाकिस्तानी उच्चायुक्त फिर्ता बोलाइयो

काठमाडौं । भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि केन्द्र सरकारले कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानलाई कडा जवाफ दिने निर्णय गरेको हो। बैठकपछि विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी पहलगाम हमलामा पाकिस्तानको प्रत्यक्ष संलग्नता रहेको बलियो सङ्केत  दिएको छ। मन्त्रालयले सीमापार आतङ्कवादको पुष्टि गर्दै पाकिस्तानको […]

Apr 23, 2025 - 17:09
 0
पहलगाम हमलापछि भारतको कडा कदम: सिन्धु जल सन्धि रोकियो, पाकिस्तानी उच्चायुक्त फिर्ता बोलाइयो

काठमाडौं । भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि केन्द्र सरकारले कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानलाई कडा जवाफ दिने निर्णय गरेको हो।

बैठकपछि विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी पहलगाम हमलामा पाकिस्तानको प्रत्यक्ष संलग्नता रहेको बलियो सङ्केत  दिएको छ। मन्त्रालयले सीमापार आतङ्कवादको पुष्टि गर्दै पाकिस्तानको भूमिकामाथि जोड दिएको छ। यससँगै भारत सरकारले चार महत्त्वपूर्ण निर्णय गरेको छ, जसमा सिन्धु जल सम्झौता अन्तर्गत पाकिस्तानलाई जाने पानी रोक्ने, अटारी सीमा बन्द गर्ने, पाकिस्तानी नागरिकलाई भारत प्रवेशमा रोक लगाउने र दिल्लीस्थित पाकिस्तानी उच्चायुक्तलाई फिर्ता बोलाउने निर्णयहरू रहेका छन्।

बैठकमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस. जयशंकर, वित्तमन्त्री निर्मला सीतारमण र राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल सहभागी थिए। बैठकपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सीसीएसको बैठक सम्पन्न भएको जानकारी दिएका छन्।

बैठकमा गृहमन्त्री अमित शाह रातो फाइल बोकेर प्रधानमन्त्री निवास प्रवेश गरेका थिए । बैठकमा आतङ्कवादी हमलासँग जुध्न लिइने रणनीति, सुरक्षाकर्मीको परिचालन र अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिक्रिया लगायतका विषयमा छलफल भएको थियो।

सीसीएस बैठकपछि प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहबीच छुट्टै भेटवार्ता भएको थियो ।  भेटवार्तापछि अमित शाह प्रधानमन्त्री निवासबाट बाहिरिएका थिए।

यसैबीच, पहलगाम आतङ्कवादी हमलाको विषयमा छलफल गर्न केन्द्र सरकारले बिहीबार सर्वदलीय बैठक आह्वान गरेको छ। स्रोतका अनुसार गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले सबै प्रमुख राजनीतिक दलका नेताहरूसँग व्यक्तिगत रूपमा सम्पर्क गरिरहेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register