पहलगमा आतंकवादी हमलापछि पाकिस्तानविरूद्ध भारतका पाँच कदम

काठमाडौं । पहलगममा भएको आतंकवादी हमलापछि पाकिस्तानविरूद्ध भारतले पाँच कदम चालेको छ । भारतीय मन्त्रिपरिषद्को सुरक्षा समितिले पाकिस्तानविरूद्ध पाँच कदम चालेको विदेश सचिव विक्रम मिश्रीले बताएका छन् । पत्रकार सम्मेलनमार्फत उनले भनेका छन्,’ आतंकवादी हमलापछि उत्पन्न गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै  मन्त्रिपरिषद्को सुरक्षा समितिले तत्काल पाँच कदम चाल्ने निर्णय गरेको छ,’ उनले भनेका छन् । पहिलो […]

Apr 23, 2025 - 17:00
 0
पहलगमा आतंकवादी हमलापछि पाकिस्तानविरूद्ध भारतका पाँच कदम

काठमाडौं । पहलगममा भएको आतंकवादी हमलापछि पाकिस्तानविरूद्ध भारतले पाँच कदम चालेको छ । भारतीय मन्त्रिपरिषद्को सुरक्षा समितिले पाकिस्तानविरूद्ध पाँच कदम चालेको विदेश सचिव विक्रम मिश्रीले बताएका छन् । पत्रकार सम्मेलनमार्फत उनले भनेका छन्,’ आतंकवादी हमलापछि उत्पन्न गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै  मन्त्रिपरिषद्को सुरक्षा समितिले तत्काल पाँच कदम चाल्ने निर्णय गरेको छ,’ उनले भनेका छन् ।

पहिलो कदममा सन् १९६० मा भएको इन्दुस पानी सन्धी खारेज गर्ने भारतको निर्णय छ । यस्तै अत्तरीमा रहेको संयुक्त चेकपोस्ट तत्काल बन्द गर्ने कदम भारतले चालेको छ । सार्क सदस्यहरूका निम्ति रहेको प्रवेशाज्ञा सुविधा पाकिस्तानलाई प्रदान नगरिने भारतीय निर्णय छ ।

यस्तै, हाल भारतमा रहेका पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टाभित्र भारत छोड्ने निर्देशन दिएको छ । यस्तै नयाँ दिल्ली स्थित पाकिस्तान उच्च आयोग बन्द गर्न भारतले भनेको छ । यस्तै इस्लामावादमा रहेको भारतको उच्च आयोग बन्द गर्ने कदम पनि भारतले चालेको मिश्रीले जानकारी दिएका छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register