भारतमा बेचिन लागेका आमा छोरीसहित तीन जनाको उद्धार

गोरखा, ११ बैशाख । भारततर्फ बेच्न लाँदै गरेका तीन महिलाहरूको उद्धार गरिएको छ । आरुघाट गाउँपालिकाकी ३७ वर्षीय महिला, उनी छोरी र छोरीकी साथीलाई विशेष सुराकीका आधारमा वीरगञ्जबाट उद्धार गरी ल्याएको प्रहरीले जनाएको छ । आरूघाट गाउँपालिका बस्ने ३७ वर्षकी एक महिलालाई विगत २, ३ दिनदेखि राजेश राजेश नाम गरेको फेसबुक साथीले भारतमा आकर्षक जागिर [...] The post भारतमा बेचिन लागेका आमा छोरीसहित तीन जनाको उद्धार appeared first on Jhapa Online.

Apr 24, 2025 - 15:28
 0
भारतमा बेचिन लागेका आमा छोरीसहित तीन जनाको उद्धार

गोरखा, ११ बैशाख । भारततर्फ बेच्न लाँदै गरेका तीन महिलाहरूको उद्धार गरिएको छ । आरुघाट गाउँपालिकाकी ३७ वर्षीय महिला, उनी छोरी र छोरीकी साथीलाई विशेष सुराकीका आधारमा वीरगञ्जबाट उद्धार गरी ल्याएको प्रहरीले जनाएको छ ।

आरूघाट गाउँपालिका बस्ने ३७ वर्षकी एक महिलालाई विगत २, ३ दिनदेखि राजेश राजेश नाम गरेको फेसबुक साथीले भारतमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाई निज र निजकी १५ वर्षकी छोरी तथा छोरीका १५ वर्षका साथीहरू समेतलाई भारततर्फ लैजाँदै गरेको थाहा पाएलगत्तै प्रहरीले उद्धार प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

ग्लुस्टिक प्याकेजिङ गर्ने काममा लगाइदिने, काम सजिलो, तलब पनि धेरै हुने भन्दै लोभ्याएर लैजाँदै गरेको उनीहरूले जानकारी दिएका छन् । दुई बालिका र एउटा छोरी मान्छेको गतिविधि बारेमा शङ्का लागेर गोरखा आरुघाट रुटमा चल्ने बसका चालकले प्रहरीलाई खबर गरेका थिए । उनले दिएको सूचनाका आधारमा प्रहरीले पछ्याउँदै गएर विरगञ्ज पुगेर उनीहरूको उद्धार भएको हो ।

ती तीन महिलाहरूलाई जिप्रका गोरखाले आफन्तको जिम्मा लगाइसकेको जनाएको छ । राजेश राजेश नामको फेसबुक एकाउन्ट चलाउने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

The post भारतमा बेचिन लागेका आमा छोरीसहित तीन जनाको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register