मेचीनगरबाट अर्जुनधाराका दुई युवा खैरो हेराइनसहित पक्राउ
झापा, ५ चैत । झापाको मेचीनगर नगरपालिका-६ बाट लागुऔषध खैरो हेरोइनसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नं. ९ घर भई अर्जुनधारा नगरपालिका वडा नं.११ बुट्टाबारीका ३६ वर्षीय दिलिपकुमार गिरी र २५ वर्षीय सुरज राई रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ मेचीपुल [...] The post मेचीनगरबाट अर्जुनधाराका दुई युवा खैरो हेराइनसहित पक्राउ appeared first on Jhapa Online.

झापा, ५ चैत । झापाको मेचीनगर नगरपालिका-६ बाट लागुऔषध खैरो हेरोइनसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नं. ९ घर भई अर्जुनधारा नगरपालिका वडा नं.११ बुट्टाबारीका ३६ वर्षीय दिलिपकुमार गिरी र २५ वर्षीय सुरज राई रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ मेचीपुल हुँदै भारतबाट नेपाल तर्फ सिटिसफारिमा आउँदै गरेको उनीहरू माथि शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध खैरो हेरोईन (प्लाष्टिक सहित २ ग्राम २३० मिलिग्राम) प्लाष्टिक बाहेक १ ग्राम ८४० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उक्त लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
The post मेचीनगरबाट अर्जुनधाराका दुई युवा खैरो हेराइनसहित पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






