लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई रक्सी चोरेको आरोपमा सहमहामन्त्रीका छोरा पक्राउ परेको विषय प्रमाणित गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै घिमिरेले चुनौती दिँदै भने, “सहमहामन्त्री काङ्ग्रेसमा मात्रै भनिन्छ । त्यसैले काङ्ग्रेसलाई इङ्गित गरेको भनी बुझ्न गाह्रो भएन । सहमहामन्त्री आठजना हुनुहुन्छ । कुन […]

Apr 27, 2025 - 06:50
 0
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई रक्सी चोरेको आरोपमा सहमहामन्त्रीका छोरा पक्राउ परेको विषय प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै घिमिरेले चुनौती दिँदै भने, “सहमहामन्त्री काङ्ग्रेसमा मात्रै भनिन्छ । त्यसैले काङ्ग्रेसलाई इङ्गित गरेको भनी बुझ्न गाह्रो भएन । सहमहामन्त्री आठजना हुनुहुन्छ । कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो प्रमाणित गर्न आग्रह गर्दछु ।”

संसद्को रोष्ट्रमबाटै प्रमाणित गर्न उनले चुनौती दिए । अन्यथा शब्द फिर्ता लिएर क्षमयाचना गर्नुपर्ने घिमिरेको माग छ ।

गत शुक्रबार संसद् बैठककै लिङ्देनले काङ्ग्रेस सहमहामन्त्रीको छोरालाई चैत १५ गतेको घटनामा पक्राउ गरेर छाडिएको दाबी गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register