आईपीएल : यसकारण दुई सिजन निलम्बनमा परेको थियो चेन्नई

काठमाडौं । आईपीएल (IPL) मा सबैभन्दा बढी समर्थक भएको टोलीमध्ये एक हो चेन्नई सुपर किङ्गस । ५ पटक उपाधि जितिसकेको सीएसके सबैभन्दा बढी प्लेअफमा क्वालिफाइ हुने टोली पनि हो । यद्यपि, सीएसकेको विगत १७ वर्षको आईपीएल यात्रामा फूलैफूलले सजिएको भने पक्कै छैन । आईपीएलमा उक्त टोलीले जति मीठा यादहरु सम्हालेको छ त्यतिकै तीतो अनुभूति पनि […]

Mar 30, 2025 - 13:07
 0
आईपीएल : यसकारण दुई सिजन निलम्बनमा परेको थियो चेन्नई

काठमाडौं । आईपीएल (IPL) मा सबैभन्दा बढी समर्थक भएको टोलीमध्ये एक हो चेन्नई सुपर किङ्गस । ५ पटक उपाधि जितिसकेको सीएसके सबैभन्दा बढी प्लेअफमा क्वालिफाइ हुने टोली पनि हो ।

यद्यपि, सीएसकेको विगत १७ वर्षको आईपीएल यात्रामा फूलैफूलले सजिएको भने पक्कै छैन । आईपीएलमा उक्त टोलीले जति मीठा यादहरु सम्हालेको छ त्यतिकै तीतो अनुभूति पनि गर्नुपरेको थियो ।

एउटै यस्तै तितो अनुभूति थियो, आईपीएलमा निलम्बन । आज पनि यो निलम्बन क्रिकेट समर्थकको चर्चाको बेलबखत चर्चाको विषय बन्ने गर्दछ । तर, प्रश्न उठ्छ– किन सन् २०१६ र २०१७ को आईपीएलमा चेन्नाई निलम्बनमा पर्‍यो ?

स्पट फिक्सिङ

सन् २०१३ को आईपीएल सिजनमा स्पटफिक्सिङ र बेटिङको चर्चा उत्कर्षमा थियो । फाइनलमा पुगेका थिए, सीएसके र मुम्बई इण्डियन्स ।

जुन दिन फाइनल थियो, त्यही दिन सीएसकेका एक पदाधिकारी गुरुनाथ मैयप्पान पक्राउ परे । तत्कालीन बीसीसीआई अध्यक्ष एन श्रीनिवासका ज्वाँइसमेत रहेका मैयप्पानलाई स्पट फिक्सिङको मुद्दामा पक्राउ गरिएको थियो ।

उनलाई सीएसकेको डगआउटको पनि एक्सेस थियो । मैयप्पनको पक्राउसँगै सीएसकेको लोकप्रियतालाई पनि असर पर्‍यो । यसलगत्तै पुलिसले चलेको बेटिङ स्क्यान्डलको छानबिन सुरुवात गरे ।

डगआउटको एक्सेस भएका मैयप्पनलाई खेलाडीहरुको नजिक हुने वातावरण थियो । साथै, फ्रेन्चाइजभित्रको गतिविधिबारेमा पनि उनी अवगत थिए । बेटिङमा उनको नाम मुछिएसँगै छानबिनका लागि उनलाई पक्राउ गरिएको थियो । यससँगै आईपीएलको जग नै हल्लियो ।

सन् २०१३ मा मे १६ मा दिल्ली पुलिसले राजस्थानका ३ खेलाडी एस श्रीसान्थ, अङ्कित छाभन र अजित चण्डिला पनि स्पट फिक्सिङका कारण पक्राउ परेका थिए। तीन खेलाडीलाई फ्रड र चिटिङका लागि पक्राउ गरिएको थियो ।

साथै, राजस्थानका पूर्व खेलाडीसमेत रहेका अमित सिंह पनि बुकीका रुपमा पक्राउ भए । त्यसपछि छानबिनमा ट्वीस्ट आयो । उनी पक्राउ परेको एक हप्तापछि मुम्बई पुलिसले मैयप्पनलाई बेटिङबारे सोधपुछका लागि बोलायो । बोलाएको भोलिपल्ट मैयप्पन पक्राउ परे ।

पक्राउ परेको ११ दिनपछि भारत नछाड्ने सर्तमा उनलाई जमानत प्रदान गरिएको थियो । यसै मुद्दाको आरोपमा राजस्थान रोयल्सका मालिक राज कुन्द्रा पनि पक्राउ परेका थिए।

सीएसके निलम्बनमा

सन् २०१५ जुलाईमा भारतको सर्वोच्च अदालतले छानबिनका लागि तीन सदसीय समिति गठन गर्‍यो । जसको नेतृत्व भारतका पूर्व न्यायाधीश आर एम लोढा गरे ।

भारतका पूर्व न्यायधिश आर एम लोढा

यसपश्चात समितिले चेन्नई र राजस्थान रोयल्सलाई २ वर्षको लागि निलम्बित गर्‍यो । दुवै टोलीका कुन्द्रा र मैयप्पनले बीसीसीआईले सञ्चालन गर्ने क्रिकेट खेलहरुबाट निलम्बित भए ।

सोही समितिले सीएसके र राजस्थानलाई २ वर्षको लागि निलम्बन गर्न सिफारिस गर्‍यो, जसले भारतीय क्रिकेटमा एउटा तरङ्ग उत्पन्न गर्‍यो ।

निलम्बनअघि सीएसकेको लोकप्रियता शिखरमा थियो । सन् २०१० र २०११ को उपाधि जितेको चेन्नईले सबै टोलीका लागि खतनाक टोलीको रुपमा चिनिन्थ्यो ।

सन् २०१३ मा पनि सीएसके टप–रेटेड टोली थियो । टोलीमा ५ भारतीय र ५ विदेशी बलर थिए । सन् २०१४ को अक्सनमा पनि स्टार खेलाडी भित्र्याउन सफल भएको थियो । तथापि, निलम्बनमा परेपछि सीएसकेको ब्रान्डलाई धक्का पने पक्कै लाग्यो ।

‘रोर अफ द लाइन’

सन् २०१९को आईपीएल अघि २ वर्ष निलम्बनमा परेको दौरान ‘रोर अफ द लाइन’ नामक एक डोक्युमेन्ट्री ‘५ एपिसोडको मिनि सिरिज’ २० मार्च २०१९ मा रिलिज भयो ।

जसमा धोनीले आफ्नो खेल जीवनको सबैभन्दा कालो समयको चर्चा गरेका थिए । ‘मैले गर्ने सबैभन्दा ठूलो अपराध भनेको हत्या होइन म्याचफिक्सिङ हो,’ उनले भनेका थिए । त्यस डोक्युमेन्ट्रीले सीएसकेको आईपीएलमा गल्तीदेखि पुनर्रागमनसम्मको यात्रालाई समावेश गरिएको थियो ।

त्यसमा सीएसकेलाई लागिएको त्यो लाञ्छनाले पुर्‍याएको चोटबारे उनले बताएका थिए । साथै, टोली र आफूलाई पुगेको असरबारे पनि उनले बताएका थिए ।

सीएसकेको कमब्याक

सन् २०१८ मा सीएसकेको कमब्याकमा निकै भावुक क्षणहरु बने । जसमा सीएसकेले यादगार प्रदर्शन गर्न सफल भयो । जसले सीएसकेको अनुपस्थितिले खल्लो भएको आईपीएलमा रौनक ल्याइदियो ।

अन्ततः कमब्याक सिजनमा नै सीएसकेले आफ्नो समर्थकलाई उपहार दियो । जुन थियो सन् २०१८ को आईपीएलको उपाधि । यसले कप्तान एमएस धोनीको शक्ति र दृढ सङ्कल्पलाई प्रष्ट्याउन सफल भयो ।

सन् २०१९ मा पनि सीएसके फाइनलमा पुग्यो, तर मुम्बई इन्डियन्ससँग १ रनले पराजित भयो । सन् २०२० मा भने प्लेअफमा नै पुग्न सकेन । सन् २०२१ मा उपधि जितेर चम्किए ।

सन् २०२२ मा धोनीले सीएसकेको कप्तानी छाडे । रविन्द्र जडेजाले नेतृत्व सम्हाले । जडेजाको कप्तानीमा सीएसकेको प्रदर्शन ओरालो लागेपछि बीचमा पुन धोनीले नेतृत्व सम्हाले पनि सीएसके प्लेअफमा पुग्न सकेन । सन् २०२३ मा पुन: आईपीएलको उपाधिलाई जित्न सीएसके सफल भयो ।

सन् २०२४ मा धोनीले कप्तानी रुतुराज गैकवाडलाई प्रदान गरे । पुनः सीएसकेले प्लेअफमा छनोट भएन ।

अब पछिल्लो समयको यही पक्रियालाई हेर्ने हो भने जुन सिजनमा प्लेअफमा पुगेन, त्यसको अर्को वर्ष सीएसकेले उपाधि नै उचाल्ने गरेको पाइन्छ ।

यदि सीएसकेले यही क्रममा नै गृहकार्यलाई निरन्तरता दिएको हो भने सन् २०२५ को उपाधिको सम्भावनालाई पनि बलियो बनाएको हुनुपर्छ । जारी सिजनमा आफ्नो पहिलो खेलमा नै मुम्बईलाई ४ विकेटले पराजित गर्दै आफ्नो यात्रा सुरु गरिसकेको छ ।

यस सिजनको उपाधि जिते पनि नजिते पनि मैदानमा रौनक ल्याउने यात्राको टिजर भने सीएसकेले देखाइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register