उपचारका लागि छुटेका धवल शमशेर राणा राजावादी आन्दोलनमा  

काठमाडौँ । उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा राजावादीको  प्रदर्शनमा पुगेका छन् । उनी बैशाख १५ गते (आज) राप्रपा नेपालद्वारा भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनमा पुगेका हुन् ।  तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।  क्यान्सरका बिरामीसमेत रहेका राणा स्वास्थ्य उपचारका लागि भन्दै […]

Apr 28, 2025 - 11:11
 0
उपचारका लागि छुटेका धवल शमशेर राणा राजावादी आन्दोलनमा  

काठमाडौँ । उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा राजावादीको  प्रदर्शनमा पुगेका छन् । उनी बैशाख १५ गते (आज) राप्रपा नेपालद्वारा भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनमा पुगेका हुन् । 

तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो । 

क्यान्सरका बिरामीसमेत रहेका राणा स्वास्थ्य उपचारका लागि भन्दै बैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए । हाजिरी जमानीमा छुटेपछि उनी बैशाख १० गते उपचारका लागि भारत गएका थिए । तर, भारतबाट फर्किएका राणा राप्रपाको प्रदर्शनमा सहभागी हुन पुगेका छन् । 

राणासँगै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि पक्राउ गरेको थियो । उनी प्रहरी हिरासतमै छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register