हेटौँडामा बसको ठक्करबाट ट्रक व्यवसायीको मृत्यु
हेटौँडा । कमवानपुरको हेटौँडा उपमहानरपालिका– ९ एचआईडीमा बसको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु भएको छ । पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया बस्ने अन्दाजी वर्ष ३६ का परवेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पोखराबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना७ख ११०१ नम्बरको यात्रुबाहक […]

हेटौँडा । कमवानपुरको हेटौँडा उपमहानरपालिका– ९ एचआईडीमा बसको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु भएको छ ।
पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया बस्ने अन्दाजी वर्ष ३६ का परवेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पोखराबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना७ख ११०१ नम्बरको यात्रुबाहक बसले एचआईडीमा ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका परवेजको उपचारका क्रममा सोमबार हेटौँडा अस्पतालमा मृत्यु भएको प्रवक्ता अर्यालले जानकारी दिए ।
मृतक ट्रक व्यवसायी रहेको पाइएको छ । ‘मृतक ना५ख ८६६८ नम्बरको ट्रकको धनी रहेको पाइएको छ । उनको ट्रक सोही एरियामा बिग्रिएकाले मर्मतका लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउने क्रममा पैदल जाँदा बसले ठक्कर दिएको हो,’ उनले भने ।
घटनापछि बससहित फरार रहेका चालकलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराको समन्वयमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






