कैलालीमा हायस र बस एकापसमा ठोक्किँदा तीन जना घाइते

काठमाडौं । कैलालीमा हायस र बस एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । डडेल्धुराबाट धनगढी जाँदै गरेको सुपप्र ०२ ००१ ज ५०७ नम्बरको हायस र धनगढीबाट बझाङतर्फ आइरहेको सुपप्र ०२००१६ प १२५२ नम्बरको बस चुरे गाउँपालिका–३ सल्लेरीमा ठोक्किएको हो । दुर्घटनामा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी […]

May 3, 2025 - 09:09
 0
कैलालीमा हायस र बस एकापसमा ठोक्किँदा तीन जना घाइते

काठमाडौं । कैलालीमा हायस र बस एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

डडेल्धुराबाट धनगढी जाँदै गरेको सुपप्र ०२ ००१ ज ५०७ नम्बरको हायस र धनगढीबाट बझाङतर्फ आइरहेको सुपप्र ०२००१६ प १२५२ नम्बरको बस चुरे गाउँपालिका–३ सल्लेरीमा ठोक्किएको हो ।

दुर्घटनामा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

घाइते हुनेमा हायस चालक परशुराम–१२ का २६ वर्षीय कमल धामी, हायसमा सवार सोही स्थानकी ९ वर्षीया प्रतीक्षासिञ्जा मगर र बसमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की ३० वर्षीया निर्मला भट्ट छन् ।

उनीहरूको धनगढीमा उपचार भइरहेको छ । अरु यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register