सवारी दुर्घटनामा एकजनाको मृत्यु

डोटी, १७ बैशाख । डोटीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा गएराति दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ [...] The post सवारी दुर्घटनामा एकजनाको मृत्यु appeared first on Jhapa Online.

Apr 30, 2025 - 03:35
 0
सवारी दुर्घटनामा एकजनाको मृत्यु

डोटी, १७ बैशाख । डोटीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा गएराति दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेट्रो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए ।

बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

The post सवारी दुर्घटनामा एकजनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register