‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को उपाधि राजन र सन्तोषीलाई

काठमाडौं । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले चौथो ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ को उपाधि जितेका छन् । शनिबार प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा राजन र महिलामा सन्तोषी पहिलो भएका हुन् । तेस्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोस्रोमा दोस्रो नै भएका थिए । सन्तोषी पहिलो र […]

Jan 25, 2025 - 09:53
 0
‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को उपाधि राजन र सन्तोषीलाई

काठमाडौं । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले चौथो ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ को उपाधि जितेका छन् ।

शनिबार प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा राजन र महिलामा सन्तोषी पहिलो भएका हुन् ।

तेस्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोस्रोमा दोस्रो नै भएका थिए ।

सन्तोषी पहिलो र तेस्रो संस्करणको पनि विजेता हुन् । सन्तोषीले नखेलेको दोस्रो संस्करणमा फुलमति राना पहिलो भएकी थिइन् ।

निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न राजनले १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चे । राजनभन्दा ५ सेकेन्डले पछि आर्मीकै खड्कबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्ड समयसाथ दोस्रो भए ।

१ घण्टा ०६ मिनेट २० सेकेन्ड समयसाथ वाहोमका जुलियस मुरलुकी तेस्रो बने । आर्मीका मुकेशबहादुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।

दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१ घण्टा २२ मिनेट ५१ सेकेन्ड) दोस्रो तथा एपीएफकी पुष्पा भण्डारी (१ घण्टा २४ मिनेट २१ सेकेन्ड) तेस्रो भइन् ।

आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं स्थानमा दौड टुङ्गाए । पुरुष/महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल भेटेरिनरी सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ पहिलो भए । उनले ३० मिनेट १०.०७ सेकेन्डमा दौड सक्याए ।

दोलखाका मिङमार शेर्पा (३१ मिनेट ०८.४० सेकेन्ड) दोस्रो तथा आर्मीका दीपक अधिकारी (३१ मिनेट १७.२९ सेकेन्ड) तेस्रो भए । आर्मीका रामजी बस्नेत चौथो र एपीएफका सन्तोषविक्रम विष्ट पाँचौं भए ।

पहिलोले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौं १० हजार नगद पुरस्कार जिते ।

महिला ५ किलोमिटर दौडमा एपीएफकी फुलमति राना पहिलो हुँदा २३ मिनेट १३ सेकेन्डको समय निकालिन् । एपीएफका आशा रावत दोस्रो तथा दिपा परियार तेस्रो भइन् ।

दौड पूरा गर्न आशाले २३ मिनेट ३७ सेकेन्ड तथा दिपाले २३ मिनेट ४५ सेकेन्ड समय लगाइन् । जुम्लाकी राज्यलक्ष्मी रावल चौथो र आर्मीकी रेखा लिम्बूले पाँचौं स्थान हासिल गरिन् ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा पहिलो भए । उनले २१ मिनेट २०.८६ सेकेन्ड खर्चे । २१ मिनेट २३.२७ सेकेन्डसाथ कृष्णबहादुर परियार दोस्रो तथा २१ मिनेट २५.१४ सेकेन्डसाथ हस्त सुनार तेस्रो बने । सम्राट कोयाहाङ लिम्बू चौथो तथा पुकारजंग बस्नेत पाँचौं भए ।

व्हीलचेयरको पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दीपक आले मगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ क्रमशः शीर्ष ५ स्थानमा रहे । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल पहिलो, यानी झाँक्री मगर दोस्रो, रजनी राई तेस्रो, हिउँकला साउद चौथो र मिना मगर पाँचौं भए ।

चारै स्पर्धामा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला ३ किलोमिटरमा अस्मिता भुजेल १७ मिनेट ३०.६७ सेकेन्ड टाइमिङमा पहिलो भइन् ।

१७ मिनेट ५१.५५ सेकेन्ड समयमा नारायणी भण्डारी दोस्रो तथा १८ मिनेट ००.०५ सेकेन्ड समयमा भगवती खड्का तेस्रो भइन् । पूजा पछाईं चौथो र पुष्पा शर्मा पाँचौं भइन् । पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाए ।

प्रतियोगितामा करिब ८ हजारको सहभागिता रहेको थियो । सबै दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रङ्गशालामै आएर टुङ्गिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register