लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सलाई ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड

काठमाडौं । काइयी मोटर्सको नेपालका लागि आधिकारिक वितरक रहेका लक्ष्मी ई-मोबिलिटी प्रालि र जी.ओ. अटोमोबाइल्स प्रालिले चीनको यिबिन शहरमा सम्पन्न काइयी अटो ग्लोबल बिजनेस कन्फरेन्स २०२५ मा ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड प्राप्त गरेका छन् । विश्वभरिका ५० क्षेत्रीय वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकको सूचीमा समावेश गर्दै प्राप्त गरिएको यो पुरस्कारले नेपाली बजारमा उनीहरूको प्रभावकारी उपस्थितिलाई […]

May 2, 2025 - 12:43
 0
लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सलाई ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड

काठमाडौं । काइयी मोटर्सको नेपालका लागि आधिकारिक वितरक रहेका लक्ष्मी ई-मोबिलिटी प्रालि र जी.ओ. अटोमोबाइल्स प्रालिले चीनको यिबिन शहरमा सम्पन्न काइयी अटो ग्लोबल बिजनेस कन्फरेन्स २०२५ मा ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड प्राप्त गरेका छन् ।

विश्वभरिका ५० क्षेत्रीय वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकको सूचीमा समावेश गर्दै प्राप्त गरिएको यो पुरस्कारले नेपाली बजारमा उनीहरूको प्रभावकारी उपस्थितिलाई प्रमाणित गरेको छ ।

व्यवसायिक वृद्धिको सम्भावना, ग्राहक सन्तुष्तिप्रतिको प्रतिबद्धता र नवप्रवर्तनशील प्रयासका कारण यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

कन्फरेन्समा विश्वभरिका अटोमोबाइल व्यवसायीहरूबीच रणनीतिक छलफल, नेटवर्क विस्तार र अन्तर्राष्ट्रिय सहकार्यको उत्सव सम्पन्न भएको थियो ।

पुरस्कारपछि काइयी नेपाल (लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्समार्फत)ले नेपाली उपभोक्ताको आवश्यकता र रुचिलाई मध्यनजर गर्दै नयाँ मोडलहरूको श्रृङ्खला बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register