रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौं जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएपछि प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका थिए […]

Jan 12, 2025 - 10:33
 0
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको छ ।

काठमाडौं जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएपछि प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका थिए ।

सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register