प्रचण्ड भन्छन् : पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन भएर कसैलाई फाइदा नहुने बताएका छन् । विगतमा पार्टी विभाजनका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको बताउँदै प्रचण्डले भने, “पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन । अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ ।” पेरिसडाँडामा आयोजित माओवादी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी […]

May 3, 2025 - 12:52
 0
प्रचण्ड भन्छन् : पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन भएर कसैलाई फाइदा नहुने बताएका छन् ।

विगतमा पार्टी विभाजनका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको बताउँदै प्रचण्डले भने, “पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन । अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ ।”

पेरिसडाँडामा आयोजित माओवादी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।

“ध्रुवीकरणमा आउनु भएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । यो सुरुआत हो,” प्रचण्डले भने । उनले पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको सङ्केत भएको उल्लेख गरे ।

“तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सृजना गर्नेछ,” भन्दै प्रचण्डले आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले माओवादी घटकहरू, विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register