लेखा समितिमा पोखरा विमानस्थलको भ्रष्टाचारबारे छलफल हुँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे आइतबार बस्ने प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा छलफल हुने भएको छ । साढे एक बजे बस्ने समितिको बैठकमा सो विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको उपसमितिले सो विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार भएको प्रतिवेदन दिएको […]

May 4, 2025 - 02:19
 0
लेखा समितिमा पोखरा विमानस्थलको भ्रष्टाचारबारे छलफल हुँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे आइतबार बस्ने प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा छलफल हुने भएको छ ।

साढे एक बजे बस्ने समितिको बैठकमा सो विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको उपसमितिले सो विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार भएको प्रतिवेदन दिएको छ ।

यद्यपि सो प्रतिवेदनमा एमालेका सांसद सदस्यहरूले भने हस्ताक्षर गरेका छैनन् । उपसमितिमा रहेका एमाले सांसद गोकुल बाँस्कोटाले नोट अफ डिसेन्ट लेखेका छन् । समितिमा सो प्रतिवेदन आउनु अगावै सार्वजनिक भएपछि लिङ्देनको आलोचनासमेत भएको थियो ।

अब पूर्ण समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । र समितिले के गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । त्यसपछि यो विषय अख्तियार पुग्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register