रवि लामिछानेको रिटमा सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ सकिएको हो । गत आइतबार निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सोमबार उक्त रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा […]

Apr 22, 2025 - 07:32
 0
रवि लामिछानेको रिटमा सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ सकिएको हो ।

गत आइतबार निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

सोमबार उक्त रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेकोमा फुयालले उक्त मुद्दा नहेरेपछि रिट हेर्न नमिल्नेमा गएको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register