मकवानपुरमा ३० केजी गाँजासहित एक महिला पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले साेमबार लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेकाे छ । ३० किलो गाँजासहित राप्ती नगरपालिका–८ खुरखुरे चितवन बस्ने ३० वर्षीया लालमाया तामाङलाई हेटौंडा–१० बसपार्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । हेटौँडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको ईभी गाडीमा सवार […]

May 5, 2025 - 11:22
 0
मकवानपुरमा ३० केजी गाँजासहित एक महिला पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले साेमबार लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेकाे छ ।

३० किलो गाँजासहित राप्ती नगरपालिका–८ खुरखुरे चितवन बस्ने ३० वर्षीया लालमाया तामाङलाई हेटौंडा–१० बसपार्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

हेटौँडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको ईभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाँजा बरामद गरिएको हो ।

गाडीको छतमा राखिएको जेब्रा झोलाभित्र राखिएको तीन वटा पाकेटामा ३० किलो गाँजा फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register