कार्लोसले फ्रान्सविरुद्ध हानेको त्यो ‘असम्भव’ फ्रि–किक गोल, वैज्ञानिकका लागि चुनौती

काठमाडौं । नेपाल भ्रमणमा आएका ब्राजिलियन महान् फुटबलर रोबर्टो कार्लोस फ्रि–किक स्पेसलिस्टका रुपमा चिनिन्छन् । लेफ्ट ब्याक पोजिसनबाट खेल्ने कार्लोसले आफ्नो खेल जीवनमा क्लब र राष्ट्रिय टोलीमा गरी ४९ फ्रि–किक गोल गरेका छन् । तीमध्ये सन् २०९७ मा फ्रान्सविरुद्ध गरेको गोल विश्वकै सर्वोत्कृष्ट फ्रि–किक गोल मानिन्छ । फ्रान्सविरुद्धको उक्त मैत्रीपूर्ण खेलमा २४ वर्षीय युवा खेलाडी […]

Apr 22, 2025 - 08:05
 0
कार्लोसले फ्रान्सविरुद्ध हानेको त्यो ‘असम्भव’ फ्रि–किक गोल, वैज्ञानिकका लागि चुनौती

काठमाडौं । नेपाल भ्रमणमा आएका ब्राजिलियन महान् फुटबलर रोबर्टो कार्लोस फ्रि–किक स्पेसलिस्टका रुपमा चिनिन्छन् ।

लेफ्ट ब्याक पोजिसनबाट खेल्ने कार्लोसले आफ्नो खेल जीवनमा क्लब र राष्ट्रिय टोलीमा गरी ४९ फ्रि–किक गोल गरेका छन् । तीमध्ये सन् २०९७ मा फ्रान्सविरुद्ध गरेको गोल विश्वकै सर्वोत्कृष्ट फ्रि–किक गोल मानिन्छ ।

फ्रान्सविरुद्धको उक्त मैत्रीपूर्ण खेलमा २४ वर्षीय युवा खेलाडी कार्लोसले हानेको फ्रि–किक गोललाई ‘असम्भव गोल’का रुपमा चिनिन्छ । हुन पनि त्यसयता यो किसिमको गोल देख्न पाइएको छैन ।

कार्लोसले ३५ मिटरको दूरीबाट सो गोल गरे । जसले फ्रान्सका गोलकिपर फाबियन बार्थेजलाई चकित पारेको थियो । कार्लोसले हानेको बल दायाँतर्फ गएर तीव्रतासाथ बायाँतर्फ घुमेको थियो । जसले ’नकलबल’ प्रभाव उत्पन्न गर्यो ।

यो गोलले भौतिकीका नियमलाई चुनौती दिएको वैज्ञानिकहरूले व्याख्या गरेका थिए । फ्रान्सेली वैज्ञानिक क्रिस्टोफ क्लानेट र डेविड क्वेरेले गोलको ट्राजेक्टोरी अध्ययन गरेर यसको व्याख्या गरेका हुन् । अध्ययनपछि उनीहरूले पत्ता लगाए– घुमिरहेको बलको ट्राजेक्टोरी एक सर्पिलजस्तै हुन्छ, जसलाई ’म्याग्नस इफेक्ट’ भनिन्छ । यस इफेक्टका कारण बलको दिशा घुम्न सक्छ, र यदि बललाई पर्याप्त बल र दूरीबाट हानियो भने यो ट्राजेक्टोरी देख्न सकिन्छ ।

कार्लोसको यो गोलले फुटबल र भौतिकीको रोचक संगमलाई प्रस्तुत गरेको बताइन्छ ।

स्पेनिस महान् क्लब रियल मड्रिडका पूर्वखेलाडी कार्लोस मङ्गलबार बिहान काठमाडौं आइपुगेका हुन् ।

उनी नेपाल सुपर लिग (एनएसएल)का खेल हेर्न नेपाल भ्रमणमा आएको आयोजक एनएसइएमले जानकारी दिएको छ ।

कार्लोससहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो ।

हाल ५२ वर्ष पुगेका कार्लोसले भारतमा आएर इन्डियन सुपर लिग (आईएसएल)को सन् २०१५–१६ को सिजन खेलेका थिए ।

नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस (तस्वीरहरू)

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register