भारत–पाकिस्तानबीच युद्धविराम घोषणाको स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत–पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युद्धविरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लंघन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन् । ‘भारत पाकिस्तानबीच हालै  भएको युद्धविरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरु आउन थालेका छन् । सम्झौताको इमानदारीतापूर्वक कार्यान्वन […]

May 11, 2025 - 07:49
 0
भारत–पाकिस्तानबीच युद्धविराम घोषणाको स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत–पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युद्धविरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लंघन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन् ।

‘भारत पाकिस्तानबीच हालै  भएको युद्धविरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरु आउन थालेका छन् । सम्झौताको इमानदारीतापूर्वक कार्यान्वन गर्दै आंतकको कालो बादल यस क्षेत्रबाट सधैंको लागि समाप्त हुन सकोस् ।  क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ती नै प्रथम आवश्यकत्ता हो,’ उनले भने, ‘झण्डै सयौं आतंककारी संगठन र आंकवादविरुद्ध विश्व जनमत बलियो रुपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिको लागि प्रमुख खतराको रुपमा रहेकोमा कुनैपनि प्रकारको आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीतिले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो ।’

साथै उनले आतंकको कालो बादल यो क्षेत्रबाट सधैंको लागि समाप्त हुनसक्नुपर्ने सुझाव दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register