न्युरोडस्थित अभिमत सहकारी अगाडि बचतकर्ताहरूको प्रदर्शन

काठमाडौं । सहकारी बचतकर्ताको बचतबाट खरिद गरिएको अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन सञ्चालकले बिक्री गरेको थाहा पाए पछि बचकर्ताहरूले न्युरोडस्थित सो सहकारी भवनमा जम्मा भएका छन् । उनीहरूले रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवा उनीहरू त्यहाँ पुगेर सञ्चालकलाई खबरदारी गरेका छन् । आफ्नो […]

May 22, 2025 - 08:53
 0
न्युरोडस्थित अभिमत सहकारी अगाडि बचतकर्ताहरूको प्रदर्शन

काठमाडौं । सहकारी बचतकर्ताको बचतबाट खरिद गरिएको अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन सञ्चालकले बिक्री गरेको थाहा पाए पछि बचकर्ताहरूले न्युरोडस्थित सो सहकारी भवनमा जम्मा भएका छन् । उनीहरूले रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवा उनीहरू त्यहाँ पुगेर सञ्चालकलाई खबरदारी गरेका छन् । आफ्नो बचतबाटै सो भवन किनेको र आफूहरूलाई जानकारी नै नदिने बिक्री गरेको आरोप उनीहरूले लगाएका छन् ।

सो सहकारीले बचतकर्ताको करिब १६ अर्ब रकम हिमामिन गरेको जनाइएको छ । अभिमत बचत तथा ऋण सहकारीका सञ्चालक शिव लामिछाने, विकास लामिछाने र मान बहादुर विकसँग उनीहरूले आफ्नो बचत फिर्ता गर्न माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register