जनप्रतिनिधि र कर्मचारी मिलेर कालीगण्डकीबाट बालुवा झिकिरहेका छन् : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले कालीगण्डकीमा अवैध रुपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटोसमेत भासिने सम्भावना रहेको भन्दै तत्काल रोक लगाउन माग गरे । उनले भने, ‘बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा […]

May 11, 2025 - 08:10
 0
जनप्रतिनिधि र कर्मचारी मिलेर कालीगण्डकीबाट बालुवा झिकिरहेका छन् : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले कालीगण्डकीमा अवैध रुपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटोसमेत भासिने सम्भावना रहेको भन्दै तत्काल रोक लगाउन माग गरे ।

उनले भने, ‘बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा बालुवा झिक्ने काम भइरहेको छ । यसभन्दा पहिले पनि मैले कुरा उठाएको थिएँ । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकिरहेका छन् । सरकार रमिता हेरिरहेको छ । बालुवा र गिट्टी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटोसमेत भासिने सम्भावना छ । त्यसैले कडाइपूर्वक सरकारले रोकोस् ।’

त्यस्तै, उनले सर्वोच्च अदालतले नझिक्नु भनेर आदेश गरिसक्दा पनि जनप्रतिनिधि र कर्मचारी मिलेर लुटपाट गरिरहेको आरोप लगाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register