एकीकृत समाजवादी झापा अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत

बिर्तामोड, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन् । पार्टीको बिर्तामोडमा आज सम्पन्न दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा नवीन इजम र सरस्वती लिम्बू चयन हुनुभएको छ भने सचिवमा सानुकुमार लामा सर्वसम्मत चयन भएका [...] The post एकीकृत समाजवादी झापा अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत appeared first on Jhapa Online.

May 12, 2025 - 03:29
 0
एकीकृत समाजवादी झापा अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत

बिर्तामोड, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन् ।

पार्टीको बिर्तामोडमा आज सम्पन्न दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा नवीन इजम र सरस्वती लिम्बू चयन हुनुभएको छ भने सचिवमा सानुकुमार लामा सर्वसम्मत चयन भएका पार्टीको निवर्तमान जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।

यसैगरी उपसचिवमा होम बराल, श्री मिश्र र उदय बरायली चयन भएका छन् । अध्यक्षमा निर्वाचित भट्टराई यसअघि पार्टीको जिल्ला सचिव रहेका थिए । पार्टीको दशौँ जिल्ला अधिवेशनको शनिबार पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले उद्घाटन गरेका थिए ।

The post एकीकृत समाजवादी झापा अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register