सर्पदंश उपचार केन्द्र बनियानीमा गोमनले डसेका भारतीय बिरामीको सफल उपचार

कचनकवल, १० जेठ । झापाको कचनकवल गाउँपालिका–६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा विषालु सर्प गोमनले डसेको एक भारतीय बिरामीको सफल उपचार भएको छ । भारत बिहार राज्यको डिगलबैंकका ४० वर्षीय अजय हास्दाको सफल उपचार भएको हो । हास्दालाई गोमनले डसेको सर्पदंश उपचार केन्द्र बनियानीका मेडिकल अफिसर डा. दिपेन राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार चालू [...] The post सर्पदंश उपचार केन्द्र बनियानीमा गोमनले डसेका भारतीय बिरामीको सफल उपचार appeared first on Jhapa Online.

May 24, 2025 - 08:30
 0
सर्पदंश उपचार केन्द्र बनियानीमा गोमनले डसेका भारतीय बिरामीको सफल उपचार

कचनकवल, १० जेठ । झापाको कचनकवल गाउँपालिका–६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा विषालु सर्प गोमनले डसेको एक भारतीय बिरामीको सफल उपचार भएको छ ।

भारत बिहार राज्यको डिगलबैंकका ४० वर्षीय अजय हास्दाको सफल उपचार भएको हो । हास्दालाई गोमनले डसेको सर्पदंश उपचार केन्द्र बनियानीका मेडिकल अफिसर डा. दिपेन राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को यो पहिलो विषालु सर्पदंशको घटना हो ।

शुक्रबार साँझ हास्दा मकैबारीमा काम गरिरहेका बेला केही चिजले टोकेको महसुस गरे पनि बेवास्ता गर्नुभयो । तर, घर फर्किएर खाना खान बस्दा चक्कर लागेपछि सर्पले टोकेको आशंका गरिएको थियो ।

परिवारले तत्कालै उनलाई नजिकैका धामीकहाँ लगे जहाँ धामीले ‘अविषालु सर्पले टोकेको, आत्तिनु पर्दैन’ भन्दै घर फर्काएर आराम गर्न सल्लाह दिएको थियो । तर, स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि हास्दालाई राति करिब ११ः३० बजेतिर सर्पदंश उपचार केन्द्र बनियानी ल्याइएको थियो ।

उपचारमा संलग्न डा. दिपेन राजवंशीका अनुसार अस्पताल ल्याउँदा बिरामीको अवस्था अत्यन्त गम्भीर थियो । “रक्तचाप निकै कम थियो, सास फेर्न गाह्रो भइसकेको थियो”, उहाँले भन्नुभयो, “तुरुन्तै एन्टिस्नेक भेनोम शुरु गर्यौं, १० भाइलसम्म प्रयोग गर्नुपर्यो ।”

हास्दाको स्वास्थ्यमा क्रमशः सुधार आएको डा. राजवंशीले बताउनुभयो । हास्दाको उपचारमा डा. राजवंशीसहित सिएमए नवाज नुरी, एएनएम अरुना कोइराला र स्वास्थ्य सहायक उमा अर्याल रातभर खटिनुभएको थियो ।

बिरामीको स्वास्थ्यमा सुधार आए पनि केन्द्रमै २४ घण्टाको निगरानीमा राखिएको छ । स्वास्थ्यमा थप सुधार आएपछि डिस्चार्ज गरिने जनाइएको छ ।

The post सर्पदंश उपचार केन्द्र बनियानीमा गोमनले डसेका भारतीय बिरामीको सफल उपचार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register