दुई खर्बभन्दा बढी बजेट रकमान्तर

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को कूल बजेट १७ खर्ब ५१ अर्ब ३१ अर्ब २१ लाखमध्ये दुई खर्बभन्दा बढी बजेट रकमान्तर भएको छ । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनअनुसार सो आवमा दुई खर्ब ५६ अर्ब ४१ करोड तीन लाख रुपैयाँ बजेट रकमान्तर भएको देखिएको हो । सोमध्ये २०८१ को असार महिनामा २६ अर्ब ९० करोड […]

May 14, 2025 - 12:57
 0
दुई खर्बभन्दा बढी बजेट रकमान्तर

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को कूल बजेट १७ खर्ब ५१ अर्ब ३१ अर्ब २१ लाखमध्ये दुई खर्बभन्दा बढी बजेट रकमान्तर भएको छ ।

महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनअनुसार सो आवमा दुई खर्ब ५६ अर्ब ४१ करोड तीन लाख रुपैयाँ बजेट रकमान्तर भएको देखिएको हो ।

सोमध्ये २०८१ को असार महिनामा २६ अर्ब ९० करोड ३४ लाख रुपैयाँ असार अन्तिम हप्तामा १५ अर्ब ९८ करोड ३० लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थपघट गरिएको छ । सुरुको बजेटमा नसमेटिएका २३ कार्यक्रममा रकमान्तरबाट थप गरी ११ अर्ब ७५ करोड ९८ लाख बजेट कायम गरिएको देखिएको छ ।

बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्यत्र रकमान्तर गर्न नपाइने बताइएको थियो । त्यसैअनुरूप, ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब २८ करोड ५० लाख रुपैयाँ राष्ट्रिय गौरवका आयोजनाबाहेकका अन्य आयोजनाहरूमा रकमान्तर गरिएको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register