के एन्सेलोटीले ब्राजिललाई च्याम्पियन बनाउँला ?

काठमाडौं। कार्लो एन्सेलोटीले ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बन्न स्विकार गरेका छन् । यो अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सबैभन्दा ठूलो नियुक्तिमध्ये एक हो । ब्राजिलले विदेशी प्रशिक्षकलाई टोली सम्हाल्न दिएपछि के ब्राजिली टोलीले विश्वकप जित्न सक्ला त ? एन्सेलोटीको नियुक्तिसँगैं यो प्रश्न तेर्सिएको हो ।वर्तमानको प्रदर्शन हेर्दा ब्राजिल निकै संघर्षरत स्थितिमा छ । टोलीलाई उकास्न […]

May 14, 2025 - 13:17
 0
के एन्सेलोटीले ब्राजिललाई च्याम्पियन बनाउँला ?

काठमाडौं।

कार्लो एन्सेलोटीले ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बन्न स्विकार गरेका छन् । यो अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सबैभन्दा ठूलो नियुक्तिमध्ये एक हो । ब्राजिलले विदेशी प्रशिक्षकलाई टोली सम्हाल्न दिएपछि के ब्राजिली टोलीले विश्वकप जित्न सक्ला त ? एन्सेलोटीको नियुक्तिसँगैं यो प्रश्न तेर्सिएको हो ।
वर्तमानको प्रदर्शन हेर्दा ब्राजिल निकै संघर्षरत स्थितिमा छ । टोलीलाई उकास्न नै ब्राजिलले एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा ल्याइएको बताइरहेको छ । दक्षिण अमेरिकी फुटबल विज्ञ टिम भिकेरीले बताए–एन्सेलोटी मुख्य छनोटमा पर्नुको कारण उनी सफलताका पर्याय हुन् । उनले पाँच देशमा सफलता दिलाएका छन् ।

कमजोर ब्राजिल

पछिल्ला दुई दशकमा ब्राजिलको फुटबल कमजोर बनिरहेको छ । २००७ र २०१९ मा कोपा अमेरिका उपाधि जितेपनि विश्वकपमा कमजोर देखिएको छ । २००२ मा विश्वकप जिते यता ब्राजिल एक पटक पनि फाइनलमा पुग्न सकेको छैन ।

ब्राजिलमै आयोजना भएको २०१४ को विश्वकपमा समेत टोलीले फाइनल यात्रा गर्न सकेन । आफ्नै देशमा भएको सो प्रतियोगितामा ब्राजिली टोली सेमिफाइनलमा जर्मनीसँग लज्जास्पद ७–१ को हार बेहोर्न पुगेको थियो । यस विश्वकपको फाइनलमा ब्राजिलकै प्रतिद्वन्द्वी अर्जेन्टिना भने फाइनलमा पुगेको थियो । तर, जर्मनीसँग १–० ले हारेको थियो । २००२ पछि हरेक विश्वकपमा ब्राजिल युरोपेली टोलीसँग पराजित भएको छ । गत विश्वकप २०२२ मा क्रोएसियासँग पेनाल्टी शूटआउटमा पराजित भएको थियो ।

ब्राजिलमा बाहिरका प्रशिक्षकहरू

ब्राजिली टोलीका लागि देशभन्दाबाहिरका प्रशिक्षक नियुक्ति गरेको यो चौथो पटक हो । यसअघि सन् १९२५ मा उरुग्वेका रामोन प्लाटेरोले सम्हाले पनि जम्मा चार खेलमा प्रशिक्षकका भुमिकामा थिए । यसपछि १९४४ मा पोर्चुगलका जेरेकाको नेतृत्वमा दुई खेलमा भयो भने अर्जेन्टिनी फिल्पो नुनेजले सन् १९६५ मा एक खेलका लागि मात्रै नेतृत्व लिएका थिए ।

अहिले एन्सेलोटी भने उनीहरू भन्दा सफल प्रशिक्षक बन्न सक्नेछन् । किनभने एन्सेलोटी युरोपियन टोलीका लागि वरदान साबित भएका छन् । उनले ५ च्याम्पियन्स लिगका साथै घरेलु ट्रफी दिलाउन ठूलो योगदान दिएका छन् । उनले इटाली, इंग्ल्यान्ड, स्पेन, फ्रान्स र जर्मनीका क्लबलाई उपाधि दिलाएका हुन् ।
एन्सेलोटीको सबैभन्दा ठूलो शक्ति भनेको नाटकबिना नै टोलीलाई स्थिर राख्ने क्षमता हो । तर, उनले रियल मेड्रिडका लागि भने यस सिजन २०२४–२५ मा ट्रफी दिलाउन सकेनन् । कोपा डेल रे फाइनल, ला लिगाको दुबै लेगमा बार्सिलोनासँग रियल पराजित भयो । यस्तै, च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल आर्सेनलसँग पराजित भयो । यो नतिजाले ब्राजिललाई उकास्न सक्ला त ? भन्ने शंका पनि उब्जिएको छ । तर, २०२२ को च्याम्पियन्स लिगको नतिजा हेर्ने हो भने एन्सेलोटीले चमत्कार नै गरेको भान हुन्छ ।

त्यो वर्षको च्याम्पियन्स लिगमा चेल्सी र म्यानचेस्टर सिटीविरुद्ध जित हासिल गर्न असंभव थियो । यो असंभवलाई एन्सेलोटीले संभव तुल्याएर टोलीको फाइनल पक्का गरे । फाइनलमा लिभरपुललाई हराएर रियल मेड्रिड च्याम्पियन्स लिगको च्याम्पियन बन्यो ।

एन्सेलोटीले ब्राजिलका खेलाडी एडेर मिलिताओ, भिनिसियस जुनियर, रोड्रिगो, कासेमिरो र एन्ड्रिकसँग काम गरेका छन् । रियलका लागि फरवार्डहरू भिनिसियस र रोड्रिगोले राम्रै खेलिरहेका छन् । फुटबल विज्ञ भिकेरीको अनुसार भिनिसियसको प्रदर्शन ब्राजिलको लागि खासै त्यति राम्रो भएको छैन । उनले ३९ क्याप्स्मा जम्मा ६ गोल गरेका छन् । तर, एन्सेलोटीले उनीबाट राम्रो प्रदर्शन निकाल्न सक्ने भिकेरीले बताएका छन् ।

विश्वकपमा २००२ पछि ब्राजिलको प्रदर्शन

२००६ क्वार्टरफाइनलमा फ्रान्ससँग १–० ले पराजित

२०१० क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग २–१ ले पराजित

२०१४ सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित

२०१८ क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ ले पराजित

२०२२ क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टीमा पराजित

(नोटः यसमा जर्मनीले मात्रै उपाधि जित्न सफल, फ्रान्स र नेदरल्यान्ड्स फाइनलमा पराजित हुँदा बेल्जियम र क्रोएसियाको यात्रा सेमिफाइनलसम्म रह्यो)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register