‘उद्यमशीलताको भविष्य नेपालमै खोजौं, विदेश नरोजौं’

काठमाडौं । उद्यमशील युवाले नेपालमै भविष्य खोज्नुपर्ने बताएका छन् । आज (शुक्रबार) ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै नेपालमा व्यावसायीक सफलता हासिल गरिरहेका द क्लिप्स बन्जिजम्प व्यवसायी राजु कार्की, माउन्टेन हिस्टारिट्रिक नगरकोटका अध्यक्ष होटल तथा पर्यटन व्यवसायी अर्जुनसिंह ठकुरी र फ्रेन्चाइज क्यू एफएक्स सिनेमाकि प्रबन्धक तृप्ति गिरीले उक्त कुरा बताएका हुन् । ठकुरीले आफूसँग […]

Feb 7, 2025 - 09:50
 0
‘उद्यमशीलताको भविष्य नेपालमै खोजौं, विदेश नरोजौं’

काठमाडौं ।

उद्यमशील युवाले नेपालमै भविष्य खोज्नुपर्ने बताएका छन् । आज (शुक्रबार) ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै नेपालमा व्यावसायीक सफलता हासिल गरिरहेका द क्लिप्स बन्जिजम्प व्यवसायी राजु कार्की, माउन्टेन हिस्टारिट्रिक नगरकोटका अध्यक्ष होटल तथा पर्यटन व्यवसायी अर्जुनसिंह ठकुरी र फ्रेन्चाइज क्यू एफएक्स सिनेमाकि प्रबन्धक तृप्ति गिरीले उक्त कुरा बताएका हुन् ।

ठकुरीले आफूसँग भएको चिजको सदुपयोग गर्दै उद्यमशीलतालाई अगाडि बढाउनुपर्ने बताए । आफूले १२ रुपैयाँबाट होटल व्यवसायमा लगानी गरेकोमा अहिले ५० करोडभन्दा माथिको लगानी पुगाएको बताए ।

उनले नेपालमा व्यवसाय गर्दाका हजारौं समस्या भए पनि त्यसको सामना गर्नुको विकल्प नरहेको धारणा राखे । नेपालमा देशभन्दा व्यक्ति र व्यक्तिका समस्या धेरै रहेको उनको भनाइ छ । ‘नेपालमा व्यवसायीक वातावरण छैन । यस्तो अवस्थामा आफूले पनि सहजता बनाउनुपर्छ,’ उनले भने ।

यस्तै गिरीले आफूले १० वर्ष विदेशमा बसे पनि अन्तिममा उद्यमशिलताका लागि नेपाल रोजेको बताइन् । आफूले आइटीमा १० वर्ष हंकङ र आठ वर्ष अमेरिका बसेर काम गरेकोमा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएको उनले बताइन् ।

‘नेपालमा रिसर्चमा धेरै सम्भावना छैन । किन फर्किएको भनेर सोध्नेहरूको ठूलो जमात छ । नेपाल छोडेर विदेश केका लागि जाने भनेर सोच्नुपर्छ । त्यहाँ के अवसर छ भनेर विचार गर्नुपर्छ,’ उनले भनिन् । गिरीले युवाहरूले उद्यम गर्न सक्नुपर्ने बताएकी छन् । उद्यम गर्न नसके जागिर खान नसकिने उनको भनाइ छ । केही छैन भन्दैमा निराश नहुन उनको सुझाव छ ।

यस्तै कार्कीले स्पष्ट योजनाका साथ काम गर्दा सहजै सफलता हासिल गर्न सकिने धारणा राखेका छन् । ‘नेपालमा अरुको सिको गर्ने चलन छ । कुनै एक व्यवसाय सफल हुँदा त्यसैको पछि लाग्छौं । यसले सफल भइदैन ।

नयाँ भिजनका साथ काम गर्दा नेपालमा धेरै अवसर छ,’ उनले भने । गन्तव्यमा पुग्नका लागि केही न केही सीपमा अब्बल हुनु पर्ने धारणासमेत उनले राखे । त्यसैले कुनै न कुनै सिपमा अब्बल हुन उनको सुझाव छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register