सतुङ्गलस्थित कपडा गोदाममा आगलागी, क्षतिको विवर आउन बाँकी
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ११, सतुङ्गलस्थित आरआर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । बिहीबार बिहान करिब सवा पाँच बजे आगलागी भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार छवटा दमकल र १५ वटा पानी ट्यांकरको प्रयोग गरी बिहान ७ बजे आगो नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण भने अझै प्राप्त […]

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ११, सतुङ्गलस्थित आरआर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । बिहीबार बिहान करिब सवा पाँच बजे आगलागी भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार छवटा दमकल र १५ वटा पानी ट्यांकरको प्रयोग गरी बिहान ७ बजे आगो नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण भने अझै प्राप्त भएको छैन ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारी र प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना, प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना र मातातिर्थबाट ४ जना प्रहरी खटिएका थिए ।
What's Your Reaction?






