प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथि छलफल हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा गत मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ । यस्तै, बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले […]

May 15, 2025 - 03:33
 0
प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथि छलफल हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा गत मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।

यस्तै, बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन– २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन– २०८१÷०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

विनियोजन विधेयकमाथि संसद्मा गत वैशाख ३० गतेदेखि छलफल जारी छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register