महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनको सामना गर्ने

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज (बिहीबार) हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ । आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ । यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ […]

May 15, 2025 - 03:48
 0
महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनको सामना गर्ने

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज (बिहीबार) हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ । आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ ।

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो ।

नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

नेपाल हङकङसँग पराजित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register