मूलपानीमा वर्षाका कारण यू-१९ विश्वकप एसिया छनोट प्रभावित (तस्वीरहरू)

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीच हुने निर्णायक खेल वर्षाका कारण प्रभावित भइरहेको छ । खेल बिहान साढे ९ बजेदेखि हुने तय भए पनि वर्षाका कारण प्रभावित भएको हो । काठमाडौं उपत्यकालगायत देश विभिन्न ठाउँमा शनिवार बिहानैदेखि भइरहेको वर्षका कारण मैदान भिजेपछ टस र खेल समयमा सुरु हुन नसकेको […]

Apr 19, 2025 - 07:08
 0
मूलपानीमा वर्षाका कारण यू-१९ विश्वकप एसिया छनोट प्रभावित (तस्वीरहरू)

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीच हुने निर्णायक खेल वर्षाका कारण प्रभावित भइरहेको छ । खेल बिहान साढे ९ बजेदेखि हुने तय भए पनि वर्षाका कारण प्रभावित भएको हो ।

काठमाडौं उपत्यकालगायत देश विभिन्न ठाउँमा शनिवार बिहानैदेखि भइरहेको वर्षका कारण मैदान भिजेपछ टस र खेल समयमा सुरु हुन नसकेको हो ।

अहिले वर्षा केही कम भए पनि खेल सुरु हुन सकेको छैन ।

नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जिते पनि नेट रनरेटमा अफगानिस्तान अगाडि छ । आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेटरनरेटमा अगाडि भएको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register