सुदूरपश्चिमका नवनियुक्त मन्त्री चौधरीले लिए शपथ

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सकरारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजीर मियाँले नवनियुक्त मन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम मुख्यमन्त्रीले चौधरीलाई आज मन्त्री नियुक्त […]

May 18, 2025 - 16:11
 0
सुदूरपश्चिमका नवनियुक्त मन्त्री चौधरीले लिए शपथ

काठमाडौँ।

सुदूरपश्चिम प्रदेश सकरारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजीर मियाँले नवनियुक्त मन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम मुख्यमन्त्रीले चौधरीलाई आज मन्त्री नियुक्त गरेका थिए । सुदूरपश्मि प्रदेश सभामा नाउपा चौथो ठूलो दल हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register