सहकारी क्षेत्रको धरोहर सूर्यरत्नको निधन

काठमाडौं । सहकारी क्षेत्रको धरोहरका रुपमा चिनिने सूर्यरत्न शाक्य अब रहनुभएन । ८८ वर्षको उमेरमा बुधबार साँझ निमोनिया र मस्तिष्क घातका कारण उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीरको बिहीबार काठमाडौंको शोभा भगवतीस्थित कर्ण दिपमा अन्त्येष्टि गरिएको थियो । वि.सं. २०३६ सालमा स्थापित सहकारी तालिम केन्द्रको स्थापनामा महत्वपूर्ण भूमिका निभाउनुभएका स्वर्गीय शाक्य सोही तालिम […]

Mar 6, 2025 - 15:31
 0
सहकारी क्षेत्रको धरोहर सूर्यरत्नको निधन

काठमाडौं ।


सहकारी क्षेत्रको धरोहरका रुपमा चिनिने सूर्यरत्न शाक्य अब रहनुभएन । ८८ वर्षको उमेरमा बुधबार साँझ निमोनिया र मस्तिष्क घातका कारण उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीरको बिहीबार काठमाडौंको शोभा भगवतीस्थित कर्ण दिपमा अन्त्येष्टि गरिएको थियो ।

वि.सं. २०३६ सालमा स्थापित सहकारी तालिम केन्द्रको स्थापनामा महत्वपूर्ण भूमिका निभाउनुभएका स्वर्गीय शाक्य सोही तालिम केन्द्रको प्रथम प्राचार्य पनि हुनुहुन्छ ।

उहाँले सरकारी कर्मचारीहरुले अनिवार्य रुपमा सहकारी तालिम लिनुपर्ने नीति लागु गर्न पनि अहम् भूमिका खेल्नुभएको थियो । वि।सं। २०१८ सालमा सहकारी विभागका कर्मचारीको रुपमा सेवा प्रवेश गर्नुभएका स्वर्गीय शाक्यले उपसचिव सहकारी सेवाकै उपसचिव पदबाट अवकास लिनुभएको थियो ।

उहाँका सहकारी अध्ययन मण्डल, सहकारी पद्दति, कार्यमुलक लेखापरीक्षण, सहकारी शिबिर सञ्चालन निर्देशिका, सहकारी कार्यक्रम, बजेट, नेपालमा सहकारी आन्दोलन, सहकारी कानुन, दुग्ध सहकारी आन्दोलनलगायतका पुस्तक प्रकाशित छन् ।

बसन्तपुरस्थित जीवित देवी कुमारीको घरसँगै रहेको श्रीखण्ड तरुमुल महाविहारको संरक्षण तथा संचालन समितिको पूर्वअध्यक्ष शाक्यको श्रीमति, २ छोरा र एक छोरी छन् । उहाँको श्रीमति र एक छोराको केही वर्ष अघि निधन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register