अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई ‘प्रोस्टेट क्यान्सर’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । उनको कार्यालयले आइतबार जारी विज्ञप्तिमा क्यान्सर हड्डीसम्म फैलिएको जनाएको छ । ८२ वर्षीय बाइडेनमा युरिनसम्बन्धी लक्षण देखिएपछि गत हप्ता परीक्षण गरिएको थियो, जसले शुक्रवार क्यान्सर पुष्टि गरेको हो । चिकित्सकका अनुसार, यो ‘हाई ग्रेड’ र ‘हर्मोन–सेन्सेटिभ’ क्यान्सर हो, जसको अर्थ औषधीय उपचारद्वारा […]

May 19, 2025 - 07:20
 0
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई ‘प्रोस्टेट क्यान्सर’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । उनको कार्यालयले आइतबार जारी विज्ञप्तिमा क्यान्सर हड्डीसम्म फैलिएको जनाएको छ । ८२ वर्षीय बाइडेनमा युरिनसम्बन्धी लक्षण देखिएपछि गत हप्ता परीक्षण गरिएको थियो, जसले शुक्रवार क्यान्सर पुष्टि गरेको हो ।

चिकित्सकका अनुसार, यो ‘हाई ग्रेड’ र ‘हर्मोन–सेन्सेटिभ’ क्यान्सर हो, जसको अर्थ औषधीय उपचारद्वारा नियन्त्रण सम्भव छ ।  तर, यो आक्रामक रूपमा फैलिन सक्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register