यूएईलाई हराउँदै नेपाल ग्लोबल छनोटमा

काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा यूएईलाई पराजित गर्दै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको छ । थाईल्याण्डको बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा सोमबार भएको सुपर थ्रीको रोमाञ्चक खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको हो । ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु […]

May 19, 2025 - 07:21
 0
यूएईलाई हराउँदै नेपाल ग्लोबल छनोटमा

काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा यूएईलाई पराजित गर्दै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको छ ।

थाईल्याण्डको बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा सोमबार भएको सुपर थ्रीको रोमाञ्चक खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको हो ।

११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु बर्मा ३० र रुबी पोद्दार ६ रनमा अविजित रहिन् ।

रुबिना क्षेत्रीले २३, सम्झाना खड्काले २१, कप्तान इन्दु बर्माले १४, पूजा महतोले १३, राजमती ऐरीले ८ र कविता कुँवरले ५ रन बनाइन् ।

यूएईका लागि इशा ओझा, वैशनवी महेश, मिशेल बोथा र सुरक्षा कोटेले १–१ विकेट लिइन् ।

पहिले ब्याटिङ गरेको यूएईले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register