सोमबार १९.३० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

May 19, 2025 - 10:45
 0
सोमबार १९.३० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।  यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register