दोहोरो अङ्कले बढ्यो सेयर बजार, राधी विद्युत्‌मा झुन्डिए लगानीकर्ता

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२ दशमलव ९९ अङ्कले बढेर २६३२ दशमलव ०५ को विन्दुमा पुगेको छ । सोमबार ३२४ कम्पनीका ७१ हजार २८७ पटकको कारोबारमा एक करोड ६२ लाख ०५ हजार ५५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

May 19, 2025 - 10:45
 0
दोहोरो अङ्कले बढ्यो सेयर बजार, राधी विद्युत्‌मा झुन्डिए लगानीकर्ता

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२ दशमलव ९९ अङ्कले बढेर २६३२ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

सोमबार ३२४ कम्पनीका ७१ हजार २८७ पटकको कारोबारमा एक करोड ६२ लाख ०५ हजार ५५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

१८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमसुहमध्ये होटेल र पर्यटन घट्दा बाँकी हरियाली छन् । आज सप्तकोशी विकास बैङ्कका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने राधी विद्युत्‌को सर्वाधिक कारोबार भएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register