ओलीलाई बालेनको जवाफ : म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले प्रधानमन्त्री केपीलाई ‘म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ’ भन्दै जवाफ दिएका छन् । बालेनले सोमबार साँझ सामाजिक सञ्जालमार्फत ओलीले दिउँसो गरेको टिप्पणीको जवाफ दिएका हुन् । ‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छुभन्दा देशका सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने […]

May 19, 2025 - 15:27
 0
ओलीलाई बालेनको जवाफ : म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले प्रधानमन्त्री केपीलाई ‘म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ’ भन्दै जवाफ दिएका छन् ।
बालेनले सोमबार साँझ सामाजिक सञ्जालमार्फत ओलीले दिउँसो गरेको टिप्पणीको जवाफ दिएका हुन् ।

‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छुभन्दा देशका सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?,’ उनले लेखेका छन्, सरी केपी ओली म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ ।’

गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि बोलाइएको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बान अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले सोमबार दिउँसो असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले अर्को बैठकमा नबोलाउनसमेत सम्बन्धित पक्षलाई निर्देशन दिए ।

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउनका लागि सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा बालेनलाई पनि बोलाइएको थियो । तर, उनी गएनन् ।

त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले भने, ‘कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register