३७ हजार घर भएको जाजरकोट भूकम्पमा ४८ हजारलाई पहिलो किस्ता दिने काम भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोटमा भूकम्पबाट पीडितलाई भनेर बढी पैसा गएको बताएका छन् । सांसदको प्रश्नोत्तरमा सहभागी हुने क्रममा सांसदका प्रश्नको जवाफ दिने क्रममा ओलीले कुल ३७ हजार घर भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्ता वितरण गरिएको बताए । ‘जाजरकोटमा ३७ हजार घरधुरी भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ […]

Feb 16, 2025 - 08:51
 0
३७ हजार घर भएको जाजरकोट भूकम्पमा ४८ हजारलाई पहिलो किस्ता दिने काम भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोटमा भूकम्पबाट पीडितलाई भनेर बढी पैसा गएको बताएका छन् ।

सांसदको प्रश्नोत्तरमा सहभागी हुने क्रममा सांसदका प्रश्नको जवाफ दिने क्रममा ओलीले कुल ३७ हजार घर भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्ता वितरण गरिएको बताए ।

‘जाजरकोटमा ३७ हजार घरधुरी भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ । त्यो ठाउँमा ३७ हजार घर भत्किएर ४८ हजारलाई कसरी वितरण गरियो, के भएर यस्तो भयो ?,’ ओलीले प्रश्न गरे ।

जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भैसकेको ओलीकव भनाइ छ । रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भै रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको जानकारी उनले दिए ।

प्रधानमन्त्री ओलीले २०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि थप रु.८० करोड निकासा भएको र जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनका लागि इन्जिनियरहरूको पहिलो टोली यसै हप्ता देखि फिल्डमा खटिने जानकारी दिए ।

‘मनसुनजन्य विपद् एवं भूकम्पबाट प्रभावितहरूको समस्या समाधानका लागि विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मिति २०८१ पौष २८ गते बसेको बैठकले रु. १ खर्ब १ अर्बको पुनर्निर्माण तथा पुनर्स्थापना योजना स्वीकृत गरी निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणको लागि स्पष्ट मार्गचित्र तयार भएको छ,’ ओलीले भने, ‘सो को प्राथमिकताको आधारमा कार्यान्वयन हुँदै जानेछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register