समर्थनको ओइरोपछि बाइडेन-हामी कमजोर ठाउँहरूमा सबैभन्दा बलियो हुन्छौँ
काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार आफ्नो क्यान्सर पुष्टी भएपछि विश्वभरबाट आएको समर्थनका शब्दहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। बेलायतका राजा चार्ल्सले पठाएको निजी पत्र पनि प्राप्त भएको उनले बताएका छन्। बाइडेनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “क्यान्सरले हामी सबैलाई छुन्छ। तपाईँहरूमध्ये धेरैजस्तै, जिल र मैले पनि थाहा पाएका छौँ कि हामी कमजोर ठाउँहरूमा […]

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार आफ्नो क्यान्सर पुष्टी भएपछि विश्वभरबाट आएको समर्थनका शब्दहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। बेलायतका राजा चार्ल्सले पठाएको निजी पत्र पनि प्राप्त भएको उनले बताएका छन्।
बाइडेनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “क्यान्सरले हामी सबैलाई छुन्छ। तपाईँहरूमध्ये धेरैजस्तै, जिल र मैले पनि थाहा पाएका छौँ कि हामी कमजोर ठाउँहरूमा सबैभन्दा बलियो हुन्छौँ। माया र समर्थनका लागि धन्यवाद।”
आइतबार बाइडेनको कार्यालयले उनलाई प्रोस्टेट क्यान्सरको आक्रामक रूप पत्ता लागेको र त्यो हड्डीहरूमा फैलिएको बताएको थियो ।
What's Your Reaction?






