रोयल च्यालेन्जर्स बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । १८ वर्षको प्रतिक्षा अन्त्य गरेर मंगलबार भएको फाइनलमा पञ्जाव किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले ऐतिहासिक जित हात पारेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो। अन्तिम ओभरमा   शशांक सिंहले ३ […]

Jun 4, 2025 - 01:22
 0
रोयल च्यालेन्जर्स बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । १८ वर्षको प्रतिक्षा अन्त्य गरेर मंगलबार भएको फाइनलमा पञ्जाव किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले ऐतिहासिक जित हात पारेको हो ।

बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो। अन्तिम ओभरमा   शशांक सिंहले ३ छक्का र १ चौका प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । शशांकले ३० बलमा अविजित ६१ रन बनाएका थिए भने जोश इङ्लिसले ३९ रन जोडे।

बेंगलुरुका लागि भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिए। यस्तै, जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। बेंगलुरुका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन जोडे।

पञ्जाबका अर्शदीप सिंहले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। काइल जेमिसनले पनि ३ विकेट हात पारेका थिए। अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिए।

यसअघि बेंगलुरुले सन् २००९, २०११ र २०१६ मा  आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register